भोजपुरको हतुवागढी र आमचोकमा अवैध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
भोजपुर, कार्तिक २८ गते । भोजपुर जिल्लाको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रेको तथा रोपिएको अवैध गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
कार्तिक २७ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा रहेको १ हजार १ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ ।


