झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जना पक्राउ

विराटनगर, कार्तिक २८ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यलैगरि झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।