संखुवासभाको चैनपुर नगरपालिकामा शिक्षक–कर्मचारी स्थानीय भत्ता संघर्ष समिति गठन

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका स्थानीय भत्ता खोज कार्यदलको आह्वानमा शुक्रबार सरस्वती माध्यमिक विद्यालय, चैनपुरको सभाहलमा नगरभित्रका शिक्षक तथा कर्मचारीहरूको स्थानीय भत्ता किन र कसका कारणले नपाइएको हो? भन्ने विषयमा बृहत भेला सम्पन्न भएको छ।

कार्यदलका संयोजक सूर्यबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा पालिकाभरिका शिक्षक नेता, प्रधानाध्यापक तथा शिक्षक कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल सरकारले स्थानीय भत्ता २०७१ साल साउन १ गतेदेखि लागू गर्दै ‘भत्ता पाउने स्थान’ समेत तोकिसकेको छ । सो निर्णय अनुसार चैनपुर नगरपालिका ‘ग’ वर्गमा पर्ने भएकाले यहाँका शिक्षक कर्मचारी स्थानीय भत्ताका हकदार छन् । यसैगरी संखुवासभाका केही अन्य स्थानीय तहहरू ‘ख’ वर्गमा समेत पर्ने उल्लेख गरिएको छ ।

यद्यपि चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम तथा कार्यान्वयन कार्यविधिमा शिक्षकहरूले स्थानीय भत्ता पाउने स्पष्ट रूपमा उल्लेख भए पनि व्यवहारमा पालिकाबाट भत्ता नपाएपछि भेलाले ‘स्थानीय भत्ता पीडित शिक्षक/कर्मचारी संघर्ष समिति, चैनपुर नगरपालिका’ गठन गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिले पहिलो चरणमा आवश्यक उपस्थिति र निर्णयका प्रतिलिपीसहित चैनपुर नगरपालिकासमक्ष स्थानीय भत्ता उपलब्ध गराउन मागसहितको औपचारिक अनुरोध पत्र बुझाउने जनाएको छ ।
यदि पालिकबाट सुनुवाइ नभए न्यायिक मार्ग अपनाउँदै अदालतसम्म जानसक्ने निर्णय समेत भएको समितिले जनाएको छ ।-सुरेन्द्र तामाङ/खांदबारी एफ एमबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।