झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ

विराटनगर, कार्तिक २९ गते । झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तीक २८ गते प्रतिबन्धित लागूऔषध सहित जनालाई पक्राउ गरीएको छ ।

झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देबराज श्रेष्ठलाई २ ग्राम ६० मिलिग्राम, राम कुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम, सुफर मडीलाई ५ सय २० मिलिग्राम र अनुप महतोलाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थायी प्रहरी पोष्ट कोठु उदयपुरले प्रकाश नेपालीलाई ६०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले सनम तामाङलाई ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी सहित इलाका प्रहरी कार्यालय धरानले बराक्षेत्र-४ का सुनिल गिरीलाई लागूऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै सामुदायिक प्रहरी बिट हवाइ चौकले लागू औषधको कारोबार भई रहेको सूचनाको आधारमा ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १० ट्याब्लेट सहित यनि लिम्बु, रिवाज राई र सुजन राईलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।