झापामा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ। ध्रुव राईका छोरा आयन राई घरको आँगनमा खेल्दै गर्दा शनिवार साँझ कुर्सीबाट लडेर अचेत भएका थिए।

अचेत अवस्थामा भेटिएपछि बालकका पिता ध्रुव राईले उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए। अस्पतालमा परीक्षण गर्दा चिकित्सकहरूले आयनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक उत्तम कुमार कार्कीको नेतृत्वमा टोली खटाएको थियो।

प्रारम्भिक अनुसन्धान सहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले बताए।

बालकका आफन्तले मृत्यु प्राकृतिक रूपमा भएको भन्दै पोस्टमार्टम नगर्ने निर्णय गरेको प्रहरीले जनाएको छ। आवश्यक समन्वयपछि शनिवार राति ८ः२० बजे आफन्तहरूले शव बुझेर लगेका थिए। शव अस्पतालमै राखिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।