मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन् । वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए ।


