झापामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु
झापा । झापाको बुद्धशान्ति ४ का अभिषेक नेवारकाे मृत्युु भएकाे छ ।
२६ वर्षका उनकाे आज बिहान उपचारकाे क्रममा मृत्यु भएकाे आफन्तले जानकारी दिए ।
उनी गत कार्तिक २९ गते राती बुद्धशान्ति ४ स्थित न्यु एभरग्रीन अंग्रेजी विद्यालय छेउकाे सडकमा माेटर साइकल दुर्घटनामा परी घाइते भएका थिए ।


