बेवारिसे नवजात शिशुको उद्धार
सुनसरी । आज बिहान सुनसरीको बराहक्षेत्र नगर-८, शान्तिनगरमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि स्थानीयले उद्धार गरेर नगर अस्पताल पुर्याएका छन्।
विहान करिब ६:३० बजे भुईमा कालो कपडामा बेरिएको अवस्थामै भेटिएको बालकलाई सुरक्षित रुपमा नगर अस्पताल लगिएको शिक्षक महासंघ बराहक्षेत्र नगर कार्यसमिति अध्यक्ष इन्द्र बस्नेतले बताए।


