झापाको दमक स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार

झापा । दमक नगरपालिका–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार भएको घटनाले उद्धार केन्द्रहरूको सुरक्षा र व्यवस्थापन पुनः चर्चामा आएको छ।

कात्तिक ३० गते राति फरार भएका महिलाहरू मध्ये एक जना फेला परेकी छन् भने दुई जनाको खोजीकार्य जारी छ। उद्धार केन्द्रका कर्मचारीले महिलाहरू भागेको जानकारी इलाका प्रहरी कार्यालय दमकलाई तत्काल दिएका थिए।

जानकारी पाएलगत्तै प्रनानी यज्ञ श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
फरार हुने महिलामा मिना तामाङ, शान्ति मगर र विनिशा गौतम रहेका थिए। तीमध्ये २४ वर्षीया विनिशा गौतमलाई इलाका प्रहरी चौकी ताराबारीबाट निस्किएको प्रहरी टोलीले दमक–४ वडा कार्यालय अगाडिको सडकमा हिँडिरहेका अवस्थामा फेला पारी पुनः उद्धार केन्द्रमै बुझाएको हो।

मिना तामाङलाई गत असोज ३ गते, शान्ति मगरलाई असार २६ गते र विनिशा गौतमलाई कार्तिक २६ गते विभिन्न स्थानबाट उद्धार गरी सो केन्द्रमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले फरार भएका अन्य दुई महिलाको खोजी कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिए। यसअघि मेचीनगरस्थित मानव सेवा आश्रममा केही समयअगाडि एक व्यक्तिको निधन भएको घटना पनि चर्चामा आएको थियो।

उद्धार तथा आश्रय केन्द्रमा देखिएका यस्ता आवृत्त घटनाले पीडितहरूको सुरक्षासम्बन्धी संवेदनशीलता र व्यवस्थापन प्रणालीबारे गम्भीर प्रश्नहरू उठेका छन्।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।