झापाको गौरादहमा अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बुको मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।

यही कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धान लोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनिट्रकको पछाडि ठोक्किएको थियो ।दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा आइतबार (कात्तिक ३०) राति विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।