इलाममा अन्जिला तुम्बापोको सम्मानमा प्रतिमा

इलाम । इलाम बजारको माथिल्लो नारायणस्थान रोडको घरेलु कार्यालय अगाडिको भित्तामा महिला राष्ट्रिय फूटबलरहरु अन्जिला तुम्बापो र प्रीति राईको सुन्दर आकृति कलाकारले आफ्नो कला- रङ्ग र क्यानभासमा सजाउनु भएको धेरै भयो । त्यो तस्बिरले केही क्षण भएपनि धेरैको मन तानेको छ, धेरैले सेल्फी लिएका छन्, कतिले छेवैको चौतारीमा बसेर एक्लै कल्पेका छन्, धेरै जम्मा हुदाँ आ-आफ्नै तर्क/व्याख्या गरेका छन्।

“अन्जिला तुम्बापो सुब्बा”
-इलामको धर्तीमा जन्मिएकी छोरी,
-नेपाली महिला फूटबलका सुपरस्टार प्लेयर,
-फूटबल फ्यानहरुका सेलिब्रेटी,
-नेपाली टिमका पूर्व कप्तान एवम् गोलकिपर,
-सपना, संघर्ष र सफलताका प्रतिमूर्ति
– अक्करे चट्टानको पहरामा उम्रिएर मुस्कुराईरहेकी सुनगाभा

वि स २०५४ साउन १० गते इलामको सूर्योदय नपा-१३ लक्ष्मीपुरमा जन्मिएकी अन्जिलाको कठिन संघर्ष, कहालीलाग्दो विगत र लोभलाग्दो सफलताको जीवनकथामा आधारित डकुमेन्ट्री “अन्जिला” निर्माण भई
यसले सांच्चिकै ऐतिहासिक सफलता र रेकर्ड समेत कायम गरेको छ। यो फिल्म हेरेपछि धेरैले भक्कानिएर आँसुसमेत झारेका छन्। उनी अहिले सुर्योदय -११ तिनघरेका बासिन्दा हुन्।

गाउँमा झूम्रो खेल्दै शुरुआत भएको अन्जिलाक‍ो फूटबल करियर अहिले फूटबलको पावरहाउस ग्रीसमा युरोपियन व्यावसायिक फूटबल खेल्दै अघि बढिरहेछ।हरेक फूटबलरहरुको अन्तिम सपना युरोपमा फूटबल खेल्ने हुन्छ।नेपाली महिला फूटबलको सफल कप्तानको भूमिका निर्वाह गरिसकेकी उनले यसअघि एशियाका धेरै देशहरुमा व्यवसायिक फूटबल खेलिसकेकी छन्।

अन्जिलाक‍ो विभागीय टिमको रुममेटदेखि नेपाली फूटबलका सहयात्री सावित्रा भण्डारी साम्बाको सम्मानमा उनको गृहनगर लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिमपानी, खुदीमा पूर्णकदको प्रतिभा निर्माण भएको झण्डै दुई वर्ष बित्यो। मर्स्याङ्दी गाउँपालिकाले निर्माण गरिदिएको उक्त प्रतिभा हेर्न र साम्बाको घरगांउ घुम्न अहिले दिनहुँ हजारौं खेल पर्यटकहरु लमजुङ पुग्ने गरेका छन्।

साम्बाको जस्तै अन्जिलाक‍ो पनि प्रतिमा इलाममा निर्माण गरेर खेल पर्यटकहरु यता पनि तान्ने ह‍ो कि? अन्जिलाको प्रतिमा इलामको ठूलो टुँडिखेल गेट छेउमा या उहाँको जन्मस्थल सूर्योदय नगरपालिकाको तिनघरे बजार, करफोक या डाक्टरखोला माथि कतै उपयुक्त ठाउँमा निर्माणका लागि पहलकदमी शुरुआत गर्ने हो कि? ?

-उमेश गुरुङ,इलाम/पालिका पेजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।