झापा र मोरङबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, मंसिर ०२ गते । झापा र मोरङबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ०१ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बिक्रि वितरण भईहेका भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका यसराज राजवंशीलाई २ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका-११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागू औषध सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी गडेरिया मोरङले धनपालथान गाउँपालिका-१ बाट बेवारिसे अबस्थामा रहेको ५ किलोग्राम १६२ ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।