झापाका युवकको भारतमा रेल दुर्घटना हुंदा मृत्यु
झापा । भारतमा भएको रेल दुर्घटनामा परी झापा, कचनकवलका एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलम छन् ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा उत्तर प्रदेश राज्यको जागिपुर रेलवे स्टेसननजिकै रेलबाट लडेर गम्भीर घाइते भएका थिए ।
अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
आलम केही महिनाअगाडि कामको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । आलमको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।


