इलामको एक घरमा आगलागी
इलाम । इलामको रोङ २, चैनपुर टोलको एक घरमा आगलागी भएको छ ।
स्थानिय दिननाथ घिमिरेको घर अहिले साँझ करिब ६:३० बजेतिर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
विद्युत् सर्ट भइ आगलागी भएको र मानवीय-पशु क्षति हुनबाट बचेको वडाध्यक्ष चन्द्रशेखर घिमिरेले जानकारी दिए ।


