मोरङ र ताप्लेजुङबाट लागू औषध सहित ५ जना पक्राउ
विराटनगर, मंसिर ०४ गते । मोरङ र ताप्लेजुङ लागू औषध सहित ५ जना पक्राउ परेका छन ।
मंसिर ०३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फुङलिङ नगरपालिका-२ का सन्तोष लिम्बु र फुङलिङ-४ का जापान लिम्बुलाई निषेधित औषधी ८८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी मोरङको विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी (सिमा)ले केराबारी गाउँपालिका-७ का राम बहादुर तामाङ, केराबारी-६ का मोहन राई र मिलन तामाङलाई निषेधित औषधी ३५ ट्याव्लेट सहित पक्राउ गरेको छ ।


