कुवेतमा मृत्यु भएकी मिक्लाजुङकी गंगा माया राईको शव नेपाल आइपुग्यो
मोरङ ।वैदेशिक रोजगारका क्रममा कुवेतमा करिब तीन हप्ता अघि निधन भएकी मिक्लाजुङ गाउँपालिका–१ की ३४ वर्षीया गंगा माया राई (निरु बेबी) को शव नेपाल ल्याईएको छ ।
उनको शव बुधबार राति करिब ११ बजे काठमाडौं आइपुगेको र बिहिबार बिहान उर्लाबारी ल्याइएको वडा अध्यक्ष पर्वत राईले जानकारी दिएका छन ।
शव ल्याउन चिरञ्जिबी थापा र मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले आवश्यक समन्वय गरेका थिए ।


