उदयपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


