खाँदबारी युथ क्लबको २१औँ वार्षिकोत्सवमा लागू औषधविरुद्ध चेतनामूलक र्‍याली तथा सम्मान कार्यक्रम सम्पन्न

संखुवासभा । पछिल्लो समय समाजमा लागू औषध दुरुपयोग तीव्र गतिमा बढ्दै गएको पृष्ठभूमिमा खाँदबारी युथ क्लबले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा लागू औषधविरुद्ध चेतनामूलक र्‍याली तथा विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

“Say No to Drugs” मूल नारासहित निकालिएको र्‍याली खाँदबारी बजारका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै युवाहरूलाई सचेत गराउने र समुदायमा दुव्र्यसन विरोधी सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन शाक्यले बताए।

क्लबका अध्यक्ष शाक्यका अनुसार समाजमा फैलँदै गएको दुव्र्यसन नियन्त्रणका लागि अब सबै पक्ष एकजुट भएर अघि बढ्न आवश्यक भएको बताउँदै युवालाई सुरक्षित, जिम्मेवार र सचेत नागरिक बनाउने हेतुले र्‍याली आयोजना गरिएको हो।

र्‍याली तथा कार्यक्रममा विद्यालयहरू, सरकारी तथा गैरसरकारी कार्यालय, सामाजिक संघ–संस्था, विभिन्न क्लब, खेलकुद क्षेत्रका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा ठूलो संख्यामा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वि.सं. २०६१ मा स्थापना भएको खाँदबारी युथ क्लबले खेलकुद विकास, सामाजिक सेवा र जनचेतनामूलक अभियानहरू मार्फत निरन्तर समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । वार्षिकोत्सव अवसरमा आयोजित सभामा वक्ताहरूले क्लबका विगतका योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथी, जिल्ला समन्वय समितिका प्रमुख श्री सुमन शाक्य, बिशिष्ट अतिथी नेपाली कांग्रेसका अध्यक्ष अनन्त गौली, नेकपा एमालेका अध्यक्ष खड्ग राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला संयोजक रमोद श्रेष्ठ, खाँदबारी नगरपालिकाका उप–प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, तीनै सुरक्षा निकायका प्रमुख, नगरका वडाध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष मुनुहाङ गुरुङले स्वागत सहित शुभकामना मन्तव्य राखे। प्रमुख तथा विशिष्ट अतिथिहरूद्वारा २१ वटा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमको औचित्य बारे क्लबका सल्लाहकार रुद्र श्रेष्ठले प्रष्ट पारेका थिए भने क्लबको इतिहास तथा पृष्ठभूमि संस्थापक सल्लाहकार दिपन कुमार श्रेष्ठले प्रस्तुत गरे । कार्यक्रममा संखुवासभा जिल्लामा लागू औषधको अवस्थाबारे जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमार प्रसाद मैनालीले विस्तृत जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सृजना थपलियाले क्लबको यो अभियान “अत्यन्त महत्वपूर्ण तथा समय–सापेक्ष” रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिन् । राजनीतिक दलका प्रमुखहरूले समेत क्लबको निरन्तर सक्रियता र सामाजिक नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रमका अध्यक्षता क्लब अध्यक्ष सुरेन शाक्यले गर्नु भएको थियो। साथै क्लबका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओडाइ सम्मान गरिएको तथा संखुवासभा जिल्लाभन्दा बाहिर रहेर पनि खेलकुदसहित विभिन्न क्षेत्रमा साथ–सहयोग पुर्‍याउँदै आएका खेलाडीहरूलाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो।

खाँदबारी युथ क्लबले लागू औषधविरुद्धको यो अभियानलाई सामुदायिक एकता र युवा सशक्तिकरणको सामूहिक प्रतिवद्धताका रूपमा लिन सबैमा आग्रह गरेको छ।-खांदबारी एफ एम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।