विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बिउ वितरण सुरु गरेका हुन् ।

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी गराए । ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ ।

महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवले जानकारी दिए । वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बिउ वितरण गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।