धनकुटा हिलेकी मुटु तथा दीर्घरोगी सीता तामाङका लागि कतारमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग
धनकुटा । धनकुटा नगरपालिका–१ हिलेकी मुटु तथा दीर्घरोगपीडित सीता तामाङको उपचारका लागि कतारमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
कतारमा रोजगारीको सिलसिलामा बस्दै आएका दुर्गा तितुङ तामाङको पहलमा त्यहाँ कार्यरत नेपालीहरूबाट जम्मा गरिएको रु २७,३०० हिले निवासी तिलक मोक्तानकी श्रीमती सीता तामाङको परिवारलाई हस्तान्तरण गरिएको दुर्गा तामाङले जानकारी दिनुभयो।
मुटु रोगबाट पीडित सीता तामाङ हाल विराटनगरस्थित नर्सिङ होममा उपचाररत छन्।
उपचारको खर्च नभएपछि परिवारले थप उपचारका लागि आर्थिक अभाव भएको बताउँदै सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ।



