मोरङको जहदामा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला
मोरङ । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा एक महिलाको डुबेर मृत्यु भएको छ। आज बिहान करिब ८ बजे पोखरीमा महिलाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।
सूचना पाएसँगै प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थल मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएको जनाएको छ।
मृतक महिला जहदा गाउँपालिका–४ बस्ने ६० वर्षीया डोम्ना महतो भएको प्रहरीद्वारा पुष्टि गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


