मोरङको पथरीशनिश्चरेका केही होटलहरुमा खुलेआम यौनधन्दा चल्दै आएको गुनासो बढेसंगै एक्सनमा प्रहरी

पथरी, २१ मंसिर। मोरङको पथरीशनिश्चरे क्षेत्रका केही होटल तथा लजहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीयवासीको गुनासो बढेपछि इलाका प्रहरी कार्यालय पथरीले नियमित सर्च अपरेसन तीव्र पारेको छ।

पछिल्लो केही सातादेखि स्थानीयहरुबाट आएको सूचनाका आधारमा रात्री समयमा विशेष निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार विशेष सेटिङमार्फत कार्यरत कर्ल गर्ल्स मार्फत होटल तथा लजहरूमा अवैध यौन क्रियाकलाप हुँदै आएको आशंका गरिएको छ। अनुगमनका क्रममा केही होटलमा शंकास्पद गतिविधि देखिएकाले प्रहरीले कागजी र कानुनी आधारहरू जाँच गर्दै आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ। “यौनधन्दा नियन्त्रणका लागि होटल व्यवसायी, स्थानीय र प्रशासनबीच समन्वय आवश्यक छ,” प्रहरीले जनाएको छ।

यता, स्थानीयवासीले राति अबेरसम्म अनधिकृत रुपमा कोठा बुकिङ, अपरिचित व्यक्तिको आवत–जावत र दुर्गन्धपूर्ण गतिविधिका कारण त्रास बढेको गुनासो गरेका छन्। प्रहरीले अवैध क्रियाकलाप भएका स्थानहरू पहिचान गर्न गोप्य निगरानीसहित विशेष अपरेसन निरन्तर जारी राखेको बताएको छ।-लेटांग खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।