अंशु गौतम प्रकरणमा शान्ति-संयमता अपनाउन अपिल

मोरंग २१, मंसिर। लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा छिमेकी पदमबहादुर अधिकारी दोषी ठहर भइसकेपछि स्थानियमा आक्रोसि बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै मोरङ प्रहरीले स्थानीय समुदायलाई शान्ति संयमता र कानुनी प्रक्रियाप्रति भरोसा राख्न अपिल गरेको छ।

प्रहरीका अनुसार फरेन्सिक प्रमाण, सिसिटिभी विश्लेषण, स्थलगत अध्ययन र विस्तृत बयानका आधारमा घटनाको सम्पूर्ण पक्ष स्पष्ट भइसकेको छ। अब अदालतमा मुद्दा दर्ता तथा कानुनीरूपमा कडा सजाय माग गर्ने प्रक्रिया मात्र अघि बढ्न बाँकी छ।

यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै प्रहरीले भीडभाड, कोलाहल, तनावपूर्ण गतिविधि वा सामाजिक माध्यममा अफवाह फैलिने अवस्था नआओस् भनी सचेत गराउँदै, “दोषी पहिचान भइसकेको अवस्थामा कानुनी निकायलाई निष्पक्ष रूपमा काम गर्न सबैको सहयोग आवश्यक छ,” भन्दै संयमतापूर्वक सद्भाव कायम राखिदिन अनुरोध गरेको छ।

स्थानीय तहले पनि गाउँमा उत्पन्न भावनात्मक वातावरणलाई बुझ्दै, समुदायबीच आपसी मर्यादा, सुरक्षा सतर्कता र धैर्य राख्न आग्रह गरेको छ। घटनाको न्यायिक निष्कर्षसम्म सबैले शान्तिपूर्वक साथ दिएर सामाजिक सद्भाव जोगाइराख्न दुवै निकायले आह्वान गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।