बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या

मोरङ । १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी घटनाको विवरण सार्वजनिक गरेको छ।

अंशु गत असोज २१ गते बेपत्ता भएकी थिइन् भने उनको शव कात्तिक ७ गते जंगलमा फेला परेको थियो।

जिल्ला प्रहरी मोरङ, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले ‘अपरेशन जग, जस्टिस फर अंशु गौतम’ नाम दिएर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार असोज २१ गते दिउँसो स्कुल चोकमा खेलिरहेकी अंशुलाई अधिकारीले पाँच रुपैयाँ दिएर साथीलाई अलग पठाएपछि ‘घाँस काट्न मद्दत गरे पैसा दिने’ प्रलोभनमा जंगल लगेको पाइएको छ।

सुनसान स्थानमा उनले बलात्कारको प्रयास गरेका थिए। प्रतिकार गरेपछि अधिकारीले अंशुको घाँटी थिचेर हत्या गरेको र पुष्टि गर्न हँसियाले रेटेको प्रहरीले जनाएको छ।

हत्या गरेपछि अधिकारीले स्थानीय बासिन्दासँगै अंशुको खोजीमा सहभागी भएका थिए। प्रहरीमा उजुरी दर्तादेखि शव खोजीसमेत सक्रिय देखिएका कारण प्रारम्भिक चरणमा प्रहरीको ध्यान उनीतिर खासै गएको थिएन।

प्रत्यक्षदर्शी नहुनु र बालिकाले मोबाइल नबोकेको कारण अनुसन्धान कठिन भएको प्रहरीले बताएको छ। सोधपुछका क्रममा तीन सय भन्दा बढी व्यक्तिबाट बयान लिइएको र १६ जनाको पोलिग्राफ परीक्षण गरिएको थियो।

अधिकारीमाथि शंका बढेपछि कात्तिक १९ गते कुनै जानकारी नदिई भारतको मेघालयतर्फ प्रस्थान भएपछि प्रहरीको ध्यान उनीमाथि केन्द्रित भयो।

मेघालयस्थित गाई फर्ममा काम गरिरहेका अधिकारीलाई प्रहरी आफन्तमार्फत नेपाल फर्काउन सफल भयो। मंसिर १८ गते फर्किएपछि पक्राउ परेका उनले प्रारम्भमा आरोप अस्वीकार गरे।

तर प्रहरीका अनुसार भारतमा काम गर्ने क्रममा रगत देखेपछि हत्या सम्झिएर आत्मग्लानीले त्रस्त भएका अधिकारीले पछि घटनामा संलग्नता स्वीकार गरे।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

‘बाबुआमासँगको पुरानो रिसइबी र तत्कालको आवेशका कारण घटना घटाएको हुँ, अहिले मलाई पश्चाताप छ,’ अधिकारीले प्रहरीसँग बयानमा भनेका छन्।-टाकुरा न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।