बिहेकै दिन बेहोस भएर ढलेकी बेहुलीको निधन
ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर तिखेढुङ्गाकी शुभद्रा सापकोटाको उपचारको क्रममा नि’धन भएको छ।
मङ्सिर ६ गते मात्र सिन्धुपाल्चोकको नेपाल परिवारमा विवाह भएकी शुभद्रालाई बिहे भएको दिन नै प्यान्क्रियाजको समस्या भएपछि उपचारको लागि काठमाडौँको वीर अस्पताल पुर्याइएको थियो ।
अस्पतालको आइ’सियूमा उपचार भइरहेका बेला हिजो मङ्सिर २० गते उनको नि’धन भएको छ ।
शुभद्रा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित जय सरस्वती आधारभूत विद्यालयमा शिक्षिकासमेत हुन् ।


