उर्लाबारीबाट हराएकी किशोरी दुहबीमा फेला
मोरंग । उर्लाबारी नगरपालिका वडा नम्बर ३ दुर्गा चौककी १८ वर्षीया सन्जु भुजेल सकुशल रूपमा फेला परेकी छन्।
गत शुक्रबार दिउँसो करिब १ बजे दुर्गा चोकस्थित ठूलो बुबाको घर जाने भनी निस्किएकी सन्जु परिवारसँग सम्पर्कविहीन बनेपछि खोजतलास तीव्र गरिएको थियो।
परिवारका अनुसार सन्जु सुनसरी जिल्लाको दुहबीस्थित आफ्नी ठुली आमाको घरमा पुगेकी थिइन्।
उनका आफन्तले उनी त्यहीँ भएको सम्पर्क पाएपछि परिवारले आइतबार दिउँसो नै उनलाई घर ल्याएको बताइएको छ।


