झापाको दमकबाट लागुऔषध सहित युवक पक्राउ
झापा । मोरङको बिराटनगर महानगर–१ स्थायी घर भई हाल झापा दमक नगरपालिका–५ बस्दै आएका १९ वर्षीय निरज मुखिया लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका छन्।
मंगलवार साँझ करिब १६:४० बजे मुखिया बस्ने कोठामा प्रहरीले गरेको खानतलासी क्रममा खैरो हेरोइन १ ग्राम ४० मिलिग्राम, प्रतिबन्धित Tramadol Hydrochlorides का २७ क्याप्सुल र Dicyclomine 20 mg का २६ ट्याबलेट फेला परेका छन्।
प्रहरीले बरामद सामग्रीसहित मुखियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ।


