उदयपुरको गाईघाटबाट घांस काट्न जान्छु भनेर हिंडेकी सुनिता सम्पर्कविहीन
उदयपुर । गाईघाटबाट घाँस काट्न जाँदा ५ दिनअघि बेपत्ता युवति अझै भेटिएनन् ।
उदयपुरको गाईघाटबाट ५ दिनअघि बेपत्ता भएकी युवतिको अझै पत्ता लाग्न सकेको छैन ।
सदरमुकाम गाईघाट बजारस्थित बाबारानी मार्ग घर भएकी २५ वर्षीया सुनिता घिमिरे घरबाट घाँस काट्न जाने भन्दै निस्किए लगतै सम्पर्कबिहीन भएकी थिइन् ।
मंसिर १५ गते बिहान करिब ११ बजे निस्किएकी सुनिता अचानक सम्पर्कबिहीन भएपछि परिवारले खोजतलासका लागि आग्रह गरेको छ । प्रत्यक्षदर्शी स्रोतका अनुसार सुनिता डोरी र घाँस काट्ने कचीया बोकेर घटनाको दिन गाईघाटदेखि साउने जाने १२ नम्बर टर्निङ सडक क्षेत्रमा उत्रिएकी थिइन् ।
सुनितालाई देख्नेले नजिकैको प्रहरी चौकी या आमा र बाबुको मोवाईल नम्बर ९८६३८६७२८१ र ९८४२८४२८९१ मा सम्पर्क गर्न सकिने छ । -स्रोत :हाम्रो गाईघाट


