झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, मंसिर २२ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक-५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान-१३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका-६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका- १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।