विराटनगरबाट पक्राउ परे जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागी फरार कैदी
मोरंग । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागार काठमाण्डौबाट भागी फरार रहेका अपहरण तथा शरिर बन्धक मुद्धामा कैद सजाय तोकिएका कैदी पक्राउ परेका छन् ।
भारत घर भएका मनोरला गुप्ताको छोरा वर्ष ५५ को निपुन गुप्ता जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ७ स्थितमा लुकिछिपी बसेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजलाई आज पक्राउ गरिएको हो ।
पक्राउ परेकाको जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई पत्र सहित मोरङ कारागारमा पठाईएको छ ।


