दुर्गा प्रसाईं समर्थकको मोरङ जिल्ला प्रशासन अगाडि धर्ना
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले सोमबार (मंसिर २२) जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन् ।
प्रसाईंका मागमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू नाराबाजीसहित विरोधमा उत्रिएका हुन् ।
उनीहरूले २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा, ‘जेनजी’ आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न, राजसंस्था पुनर्स्थापना गर्नुपर्नेजस्ता माग अघि सारेका छन् ।
माग पूरा नभए प्रदर्शन चर्काउने उनीहरूले चेतावनी दिएका छन् ।


