बहुविवाह मुद्दामा फरार एक जना पक्राउ
डोटी । बहुविवाह मुद्दामा फरार एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२ मुढेगाँउ बस्ने ४० वर्षीय लालबहादुर दाश पक्राउ परेका हुन्।
दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।


