गोवाको नाइटक्लबमा मृत्यु हुने नेपालीको संख्या ५ पुग्यो
नयां दिल्ली । भारतको गोवास्थित अर्पोराकाे नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
नाइटक्लबमा शनिबार मध्यराति आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोराको मृत्यु भएको पुष्टि भएको छ । उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए ।
आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् ।


