उदयपुरमा नालीको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकमा नालीमा जमेको पानीमा डुबेर २ वर्षीय योङहाङ राईको मृत्यु भएको छ ।
जिल्लाको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता घर भई हाल मोतिगडा चोक बस्दै आएका बालकको आइतबार दिउँसो करिब १:३० बजे खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
कार्यालयले जनाएअनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी निरीक्षक विश्नुबहादुर खड्काको कमाण्डमा प्रहरी टोली टोलीले घटनास्थल पुगेका थिए ।
हाल बालकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर राखिएको छ ।


