ताप्लेजुङमा शसस्त्र प्रहरीले बरामद गरेको ६ सय केजी बढी अवैध माछा नष्ट

ताप्लेजुङ, मंसिर २३ गते । शसस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरि नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेको भन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरि नष्ट गरिएको हो ।

गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद प्रकाश पाठकका अनुसार करिब छ सय ३० किलोग्राम माछालाई गुल्मकै परिसरमा खाडलमा गाडेर नष्ट गरिएको छ । बिलमा पंगास प्रजातिको माछाको विवरण उल्लेख गरिएको तर रौँ, पोथ्री प्रजातिका भारतीय माछाहरू फेला पारिएकाले चेक पोष्ट बाटै बरामद गरि गुल्मको परिसरमा नष्ट गरिएको बताइएको छ ।

गत भदौमा समेत कागजात अर्थात बिल नै उल्लेख नभएको माछा जिल्ला भित्रिएको पाइएपछि नियन्त्रणमा लिई करिब दुई सय ५० केजी माछा नष्ट गरिएको थियो । सोही समयमा समेत व्यवसायीलाई सचेत गराइएको तर अटेर गरि पुन बिलमा उल्लेख गरिएको भन्दा भारतबाट फरक प्रजातिको माछा भित्र्याएकाले नियन्त्रणमा लिइएको गुल्मपति पाठकले बताउनुभयो । माछा जनप्रतिनिधि, नेपाल प्रहरी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार माछा ढुवानीका लागि सम्बन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको अनिवार्य हुनुपर्नेमा नपाइएकाले बरामद गरिएको हो ।

जुन स्थानदेखि माछा ढुवानीका लागि उठाइएको हो, त्यो जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट समेत कागजात अनिवार्य गरिएको छ । विदेशबाट माछा आयात भएको भए क्वारेनटाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।