बलात्कार पछि हत्या गरिएकी अंशु गौतमको २ महिना पछि दाहसंस्कार

लेटाङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहसंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ ।

छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे ।

अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत बाक्लो उपस्थिती थियो ।

असोज २३ गतेदेखि हराएकी अंशुको शब १८ दिन पछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

लामो अनुसन्धानपश्चात प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षिय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शब नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि शब बुझेर आज उनको दाहसंस्कार सम्पन्न गरिएको हो।

स्व. अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहसंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजक्रिया गर्ने जनाइएको छ ।-केराबारी अनलाइनबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।