मोरङमा पुलमुनी खस्यो दुध डेरीको गाडी
मोरङ । मोरङको धनपालथान–४ कर्सिया बजारदेखि पश्चिमतर्फ रहेको गदिया खोलामा बेला दुध डेरीको गाडी अनियन्त्रित भई पुलमुनी खसेको छ।
बिहान करिब ३:३० बजे भएको उक्त घटनामा गाडी चालकलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको कर्सिया प्रहरी चौकीले जनाएको छ।
दुर्घटनाको कारण भने अझै खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।


