झापामा नाच्ने विषयमा विवाद हुँदा कुटाकुट, पाँचजना घाइते

झापा । झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा विवाह समारोहमा कुटाकुट भएको छ । नाच्ने विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

हिजो (मंगलबार) राति धनबहादुर लिम्बूको घरमा जन्ती आएसँगै नाचगान भएको थियो । सो क्रममा जन्ती र घरतर्फका सहभागीबिच वादविवाद चर्किँदै कुटपिटसम्म पुगेको प्रहरीले जनाएको छ। कुटपिटका कारण पाँच जना घाइते एका छन् ।

घटनामा कनकाई–३ का १८ वर्षीय युकेश न्यौपाने (चिउँडोमा चोट), मनिष श्रेष्ठ (टाउको, चिउँडो र दाहिने हातमा चोट), प्रिन्स ठकुरी (भित्री चोट) र आदित्य चिमरिया (टाउकोमा चोट, अवस्था मध्यम) तथा कनकाई–२ का ३४ वर्षीय भीम राई (टाउकोमा चोट) घाइते भएका छन् ।

उनीहरूको प्राथमिक उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा भइरहेको बताइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖