उर्लाबारीमा लैङ्गिक हिंसा विरुद्ध एकदिने जनचेतनामूलक र्‍याली सम्पन्न

उर्लाबारी । अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सह–आयोजनामा एकदिने जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ।

“प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुख्य नारासहित बुधबार बिहान निकालिएको र्‍यालीमा उर्लाबारीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍याली उर्लाबारी चोकबाट सुरु भई बरगाछी, स्कूलडाँडा हुँदै नगरपालिका परिसरमा पुगेर समापन गरिएको थियो। सो अवसरमा उपस्थित युवा विद्यार्थीहरु विभिन्न चेतनामूलक सन्देश लेखिएका पम्पलेटहरू सहित सहभागीहरू उपस्थित थिए।

सो अवसरमा बोल्दै नगरपालिकाकी उप प्रमुख मिना खतिवडा पौडेलले लैङ्गिक हिंसा अन्त्य गर्न सबै तहको एकजुट प्रयास अपरिहार्य रहेको बताइन् । उनले भनीन् “विद्यालयदेखि घरघरसम्म, सार्वजनिक स्थानदेखि कार्यालयसम्म, हिंसा अन्त्य गरि सुरक्षा र सम्मान सुनिश्चित गर्न स्थानीय सरकार सदैव सक्रिय रहनेछ।”

लैङ्गिक हिंसा विरुद्ध सामाजिक सचेतना बढाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष गरिमा ढुंगानाले जानकारी दिइन्।

सो कार्यक्रममा जनप्रतिनिधी, सुरक्षा निकाय, शिक्षक, अभिभावक तथा स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो।-मंगलबारे पेजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।