जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका ब्यक्ति पक्राउ
सुनसरी । गत भदौ २४ गते जेनजी आन्दोलनमा झुम्का कारागार सुनसरीबाट भागेको कर्तव्य ज्यान मुद्दामा २४ बर्ष कैद सजाय तोकिएका ब्यक्ति पक्राउ परेका छन् ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ०५ बस्ने बर्ष २८ को पप्पु कुमार यादवलाई अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय रानी मोरङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


