विराटनगर स्थित अरनिको कलेजको वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम

विराटनगर । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् ।

‘सपना र संघर्षको संगम ः जेनजी युवाको पहिचान’ विषयमा आयोजित उत्कृष्ट विचार प्रस्तुत गरेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा समीक्षा पौडेल द्वितीय हुँदा आँचल यादवले तृतीय स्थान प्राप्त गरिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । सन्ध्या यादव र रजतकुमार साहको बराबरी नम्बर भएपछि दुवै जनालाई चौथो पुरस्कार दिइएको थियो ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समसामयिक विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको कार्यक्रम कलेजका प्राचार्य राजेश कार्कीले बताए । अरनिको कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

कलेजका सञ्चालक भरतराज दाहाल, निर्णायकद्वय मीनकुमार नवोदित र सुशीला पाठक, शिक्षक अम्विका खरेल, योगेश राजभण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईले विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यार्थी सुलभ न्यौपानेले सञ्चालन गरेको प्रतियोगितामा २७ जनाले प्रतिस्पर्धा गरेका थिए । कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको अरनिकोले बेला–बेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरीजवाफ,
गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।