इलाममा आगलागी हुंदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

इलाम । इलामको इलाम नगरपालिका–६, गढीथुम्कामा चुल्होमा आगो बाल्ने क्रममा पेट्रोल प्रयोग गर्दा आगलागी भई एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्लामा प्राप्त प्रहरी विवरणअनुसार गत मंसिर १८ गते राति करिब १०:३० बजे सो घटना भएको हो।

घटनामा सोही ठाउँका ४२ वर्षीय सन्तोष राई तथा ३२ वर्षीया श्रीमती सृजना राई चुल्हो अगाडि बसिरहेको अवस्थामा पेट्रोल खन्याएर आगो बाल्ने क्रममा एक्कासि आगो ठूलो मात्रामा भड्किएको बताइएको छ। आगलागीबाट सृजनाको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो भने सन्तोष राईको दुवै हात, अनुहार र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको थियो। अवस्था जटिल बनेपछि मंसिर १९ गते राति थप उपचारका लागि बिराटनगरतर्फ रिफर गरिएको र उनीहरूलाई ग्रिनक्रस अस्पतालमा उपचार गराइँदै आएको प्रहरीले जनाएको छ।

तर उपचारका क्रममा सृजना राईको मंसिर २४ गते बिहान करिब ४ बजेतिर मृत्यु भएको अस्पताल स्रोत उद्धृत गर्दै जिल्ला प्रहरी इलामले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको र मृतकको शव सोही अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।-नीलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖