इलाममा चिया श्रमिक दम्पती घरसँगै जले, पत्नीको मृत्यु

इलाम । इलाममा चिया श्रमिक दम्पती घरसँगै जल्दा पत्नीको मृत्यु भएको छ । इलाम नगरपालिका ६, गढीथुम्कास्थित घरसँगै जलेर चिया श्रमिक ३२ वर्षीया सिर्जना राईको मृत्यु भएको हो ।

मंसिर १८ गते राति करिब साढे १० बजे घरमा आगो लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित ग्रिन क्रस अस्पतालमा आज बिहान ४ बजे उपचारक्रममा सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगोले ६० प्रतिशत शरीर जलेकी उनलाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो । उपचारक्रममा सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । आगोले घाइते उनका पति सन्तोष राईको त्यही अस्पतालमा उपचार भइरहेको छ ।

इलाम ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ (मदन)ले सिर्जनाको शव अस्पतालबाट निकाल्न उपचारमा लागेको करिब ६ लाख रुपैयाँ जुटाउनुपर्ने भएको बताए । ‘अहिलेसम्म करिब २ लाख रुपैयाँ उठाएर पठायौं, अब ४ लाख उठाउन धौ–धौ भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘चन्दा सहयोग गर्न सबैलाई आह्वान गरिरहेका छौं । अस्पतालले पनि थोरै छुट चाहिँ दिने भनेको छ ।’

चुलामा आगो सल्काउन हालिएको पेट्रोलबाट ठूलो आगो उठेपछि घरमा आगलागी भएको र उनीहरूलाई पनि आगोले भेटेको प्रहरीको भनाइ छ । चियाबारीमा श्रमिकका रूपमा रहेका सन्तोष र सिर्जनाका ३ छोराछोरी छन् ।-स्रोत :पालिका पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।