उर्लाबारीमा श्रम संस्कृति पार्टी विस्तार
उर्लाबारी । श्रम र सामाजिक उत्तरदायित्वप्रति जनचेतना फैलाउने उद्देश्यसहित श्रम संस्कृति पाटि को विस्तार गरिएको छ ।
उर्लाबारी–६ निवासी चन्द्रबहादुर धिमालको संयोजकत्वमा सुरु भएको यो अभियान स्थानीय विकासमा जनश्रमदानलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
समितिको सदस्य हरुमा नारायण चाम्लिङ , रामकुमार छिनाल , प्रेमरोज साम्पाङ लगायत रहनु भएको छ ।
धरानका मेयर हर्क साम्पाङले विभिन्न ठाउँमा देखाएको श्रमभावना र उदाहरणीय नेतृत्वबाट प्रेरित स्थानीय युवाहरूले उर्लाबारीमै पनि हातेमालोको अभियानलाई सँगै अघि बढाउने घोषणा गरेका छन् ।
समुदायका सदस्यहरू हातमा हात मिलाउँदै श्रमको सम्मान र सामूहिक विकासको संदेश फैलाउन प्रतिबद्ध देखिन्छन् ।
अभियानको प्रारम्भिक चरणमै विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको छ । कोशी प्रदेश उर्लाबारी डोजो मोरङ परिवारले टिसर्टका लागि रु १०,००० सहयोग गरेको छ ।
लेटाङ निवासी शान्ति पाख्रीनले पनि रु १०,००० सहयोग प्रदान गरेकी छिन् ।
उर्लाबारी-४ निवासी प्रेम रोज सम्पाङले हेन माइकका लागि रु ५,००० सहयोग उपलब्ध गराएका छन् ।
यी सहयोगहरूले अभियानलाई थप सशक्त बनाउँदै श्रममार्फत समाज परिवर्तनको उद्देश्यमा ऊर्जा भरिदिएको संयोजक धिमाल बताउँछन् ।
श्रम, सहयोग र सद्भावनाको बलमा समुदायलाई एकताबद्ध बनाउने लक्ष्यसहित सुरु गरिएको यो अभियानले उर्लाबारीलाई श्रमशील शहरको रूपमै चिनाउन योगदान पुर्याउने विश्वास लिइएको छ ।
आउनुहोस्, अब यो देशलाई श्रमबाटै चिनाऊँ—हाम्रो हात, हाम्रो श्रम, हाम्रो गौरव ।


