इटहरीमा रहेको ‘पूर्वाञ्चल क्याफे’ले अखाद्य सामग्री बिक्री गर्दै आएको खुलासा
इटहरी । कोशी प्रदेशको चर्चित बेकरी ब्रान्ड ‘पूर्वाञ्चल’ फेरि एकपटक अखाद्य वस्तु बिक्री गर्दै आएको तथ्य पुनः बाहिरिएको छ।
इटहरी उप–महानगरपालिका–१२ खनारस्थित पूर्वाञ्चल मिल्क एन्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे) तथा पूर्वाञ्चल आइस्क्रिम एन्ड बेकरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकलको ठुलो भण्डार फेला पारेको छ।
यस घटनाले ब्रान्डको गुणस्तरमा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ, जसले दैनिक सयौँ उपभोक्ताको स्वास्थ्य जोखिममा परेको देखिन्छ।
खाद्य निरीक्षक उज्वल कोइरालाको नेतृत्वमा गरिएको अनुगमनमा उद्योगको बेकरी उत्पादन कक्ष र स्टोर र्याकबाट ६ महिनाभन्दा बढी म्याद सकिएका पाउडर, फ्लेभरिङ केमिकल, प्रिजर्भेटिभ पदार्थ तथा जङ्क फुड बरामद गरिएको छ।-बेतना दैनिक


