भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरी फरार अभियुक्त राई मोरङको बेलबारीबाट पक्राउ

मोरंग । भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राई पक्राउ परेका हुन् । भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेर नारदमणि फरार भएका थिए ।

सुतिरहेका बेला बिहानका राति १ बजेतिर नारदमणिले कुटपिट गरेर पत्नी अम्बिकाको हत्या गरेको जानकारी पराजुलीले दिए । उनका अनुसार पत्नीलाई मारेर तत्काल घटनास्थलबाट फरार भएका नारदमणि लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।

उनलाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ बाट बिहीबार पक्राउ गरी अड्डासार गरेर भोजपुर पुर्याएको छ । पत्नीको हत्यापछि भागेर मोरङ झरेका नारदमणि बेलबारी–३ का छत्रबहादुर गुरुङको घरमा डेरा गरेर बस्दै आएको पत्ता लागेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई डेरानजिकैबाट पक्राउ गरेको हो । पत्नी हत्याका अभियुक्त लुकिछिपी बसिरहेको सूचना प्राप्त हुनसाथ निगरानीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीले असई रामकुमार बम्जनको नेतृत्वमा विशेष टोली परिचालन गरेका थिए ।

भोजपुरबाट सहायक हवल्दार प्रवीण राईको टोली आएलगत्तै बेलबारी प्रहरीको सहयोगमा पक्राउ गरेर नारदमणिलाई भोजपुर लगिएको छ । हाल जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी गरिएको भोजपुर प्रहरीका इन्स्पेक्टर पराजुलीले बताए ।

उनका अनुसार घरयासी विवादमा नारदमणिले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनासँग सम्बन्धित अन्य विषय विस्तृत अनुसन्धानपछि प्रष्ट हुने पराजुलीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।