झुम्का कारागारबाट भागेका थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका लागुऔषध मुद्दाका एक जना थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो ।

जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा सुन्दरहरैँचास्थित घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले श्रेष्ठलाई शुक्रबार कारागारको जिम्मा लगाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।