मोरङबाट प्रतिविन्धित लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ
मोरङ, मंसिर २६ गते । मोरङको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।
मंसिर २५ गते विराटनगर-४ स्थितमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका सुनसरीको हरिनगर गाउपालिका-७ का हविव खाँ र हरिनगर-४ का इरसाद आलमलाई १ सय ३१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका-४ स्थितबाट धरान-६ का निश्चल काफ्ले र बेलबारी-१० का सरोज डोटेललाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।


