विराटनगरबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छम् ।
इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा प्रवेश गरेका व्यक्तिलाई चेकजाँच गर्दा साथमा चारलाख ७० हजार रुपैँया फेला पारेको छ ।
उक्त रकमको स्रोत नखुलेपछि विराटनगर–१५ का संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको छ ।


