बुद्धशान्तिका २ जना र अर्जुनधाराका २ जना गरी ४ जना बालिका बेपत्ता
झापा । आज बिहान विद्यालय जान भनी हिँडेका ४ जना बालिका बेपत्ता भएका छन् ।
दिक्षा घतानी, दिया सेन्चुरी, मिक्क्षा गदाईली र सलिना खड्का नामका यी विद्यार्थी विरिङ खोलाको किनारमा लुगा परिर्वतन गर्दै गरेको स्थानीयले देखेपछि विद्यालयको शिक्षक त्यहाँ जाँदा उनीहरु त्यहाँबाट भागिसकेको तर विद्यालय पोषाक त्यहीँ रहेको बुदशान्ती निवासी रामु घतानीले जानकारी दिनुभयो ।
उनीहरु अर्जुनधारा स्थित सिंह सेतीदेवी विद्यालय सिस्नेको कक्षा ५ मा अध्ययनरत् छात्रा हुन् ।
यदि कसैले यी बालिकाहरुलाई कहीँ देख्नुभयो भने नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ ।
९८५२६८७७८७
०२३५५५१००


